पेट्रोलियम अन्वेषण परियोजनाबाट विभाग गरिएका भूगर्भिक, भू-रासायनिक तथा भू-भौतिक अध्ययन तथा अनुसन्धानले नेपालको दक्षिणमा रहेको तराई र चुरे पर्वत श्रृंखलाले ओगटेको क्षेत्रमा पेट्रोलियम पदार्थहरूको सम्भावना देखाएकोले पेट्रोलियम कार्यको लागि उक्त क्षेत्रमा पश्चिमबाट पूर्वसम्म कुल ४४,२२० व.कि.मि. क्षेत्रफललाई करिब समान क्षेत्रफल रहेका दश (१०) वटा अन्वेषण खण्डमा विभाजन गरिएको छ। यी अन्वेषण खण्डहरूमा पेट्रोलियम ऐन तथा नियमावली बमोजिम बोलपत्र आह्वान गरी अन्तर्राष्ट्रिय तेल र ग्यास कम्पनीहरू मार्फत पेट्रोलियम अन्वेषण गराउने प्रवर्द्धनात्मक कार्य परियोजनाले गर्दै आइरहेको छ।

परियोजनाबाट १० वटै अन्वेषण खण्डहरु को रंगीन भौगर्भिक नक्साहरु :२५०,००० स्केलमा प्रकाशित भएका छन् भने हालसम्मका अन्वेषणका कार्यक्रमहरुबाट संकलित विभिन्न भौगर्भिक, भू-भौतिक, भू-रसायनिक तथा ड्रिलिङ्ग डाटाहरु समावेश गरी Data Sales Package तयार पारिएको छ।

null

null